शनिबार, फागुन ३०, २०८२

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा सुरु

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थी शिक्षण संस्थामा गएर अध्ययन गर्न थालेका छन्।  विश्वभर अध्ययनअध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्था खुलेका हुन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थी शिक्षण संस्थामा गएर अध्ययन गर्न थालेका छन्। काेराेना भाइरसकाे महामारीका कारण विश्वभर पठनपाठन अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः सञ्चालन गर्न थालिएको हो।

National life

देशभर बुधबारदेखि उच्च शिक्षालयहरु सञ्चालन हुन थालेको अधिकारीहरुले जनाएका छन्। शिक्षालयमा प्रवेश गर्नुअघि शिक्षक तथा विद्यार्थीको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कता अपनाउने लगायतका प्रक्रिया लागू गर्नैपर्ने व्यवस्था गरिएको उनीहरुको भनाइ छ।

लामो समय बन्द शैक्षिक संस्था नयाँ तरिकाले सञ्चालन गर्न लागिएका छन्। रोगको डरले लामो समय लकडाउनसमेत लगाइएकाले विद्यार्थीहको अध्ययन कार्य प्रभावित भएको थियो। अब शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधि पहिलाभन्दा फरक रहेको विद्यार्थीले बताएका छन्।

शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्ने गरी डेक्समा प्लास्टिककको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ। एक विद्यार्थीको नाक, मुखबाट निस्कने सास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्देश्यले अनुहार छेक्ने पारदर्शी संरचना प्लास्टिककाे बनाउन लगाइएको मन्त्रालयको भनाइ छ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहका लागि मात्रै अध्ययनअध्यापन कार्य संचालन गरिएको मन्त्रालयका अधिकारीले जनाएका छन्। उनीहरुले साना उमेरका विद्यार्थीका लागि चरणचरणमा अध्ययनअध्यापन कार्य सुरु गराइने जानकारी दिएका छन्। -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 21, 2020| 06:26 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।