काठमाडौं– खेलकुद पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाल र मुकुन्द दहाल सम्मानित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको २६औं स्थापना दिवसको अवसरमा आइतबार नेपाल र दाहाल सम्मानित भएका हुन्।
अग्रज खेलपत्रकारिता सम्मानबाट दाहाल र भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट नेपाललाई सम्मानित भएका हुन्। खेल पत्रकारिता सम्मान स्वरुप दाहालले २५ हजार रुपैयाँ र नेपालले ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्राप्त गरेका छन्।
मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आएको छ। सो अवसरमा सम्मानित अग्रज पत्रकार दाहालले स्थापना कालमा गरेको संघर्षको सम्झना गर्दै युवा पुस्ताले सम्मान गरेकोमा खुशी व्यक्त गरे।
सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि वढाउन हौसला मिलेको बताए।