आइतबार, भदौ ७, २०८३

आईएमई मोटर्सले बेतलबी बिदा दियो आफ्ना कर्मचारीलाई

आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले आफ्ना कर्मचारीलाई बेतलवी बिदा दिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं– आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले आफ्ना कर्मचारीलाई बेतलवी बिदा दिएको छ।

अनिश्चित भएको लकडाउनले कम्पनीलाई समस्या परेको भन्दै १ जेठदेखि कर्मचारीलाई बेतलबी बिदा दिइएको हो।

बितलबी बिदाको पत्रमा कर्मचारीको संख्या भने उल्लेख गरिएको छैन।

आईएमई मोटर्स नेपालका लागि अशोक ले–ल्याण्ड गाडीको अधिकृत बिक्रेता हो।

आईएमई ग्रप अन्तर्गतकै आईएमई अटोमोटिभ्सले प्रिमियम ब्राण्डको मोटरसाइकल हार्ली डेभिडसन र यूएम मोटरसाइकल पनि बिक्री गर्दै आइरहेको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष र रोजगारदाता परिषदका सभापतिसमेत हुन्।

 

प्रकाशित: May 19, 2020| 16:32 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्