आइतबार, भदौ ७, २०८३

'एमसीसी संसदको सम्पत्ति हो, यहीँबाट टुंगो लगाऔं'

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सभामुखको टेबुलमा आइसकेकाले छलफल गरी टुंगो लगाउनुपर्ने बताए।

उनले भने, 'अघिल्लो सरकारले सम्झौता गरेको हो एमसीसी। अविछिन्न उत्तराधिकारवाला हो यो सरकार। त्यसैले सम्झौताको परिपालना गरेन भने कूटनीतिक विश्वसनीयतामाथि गम्भीर प्रश्न गर्न उठ्छ।'

प्रधानमन्त्री ओलीले एमसीसीबारे दलहरुबीच भिन्न सोच हुन सक्ने भन्दै त्यसमाथि छलफल गर्न सकिने तर त्यसको टुंगो सदनले लगाउनुपर्ने बताए। उनले भने, 'सभामुखको टेबुलमा आइसक्या छ। त्यसअघि दलहरुबीच छलफल गर्नु छ भने दलहरुका कुरा भए। संसदको कुरा भएन । पास नगर्ने निष्कर्ष छ भने ह्विप जारी गर्नुपरो।'

उनले एमसीसी पास नभए पनि सरकारले लप्सीफेदी-दमौली-बुटवल ट्रान्समिसन लाइन बनाएरै छाड्ने दृढता व्यक्त गरे। उनले भने, 'हामी बांग्लादेशसँग बिजुली बेच्ने कुरा गरिरहेका छौं। ट्रक, पानीजहाज वा रेलमा त बिजुली जाँदैन। त्यसैले नेपालीको पेट काटेर भए पनि, पटुका बाँधेर भए पनि ट्रान्समिसन बनाएरै छाड्छौं।'

प्रकाशित: May 19, 2020| 13:36 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्