बिहीबार, भदौ १८, २०८३

टेबलटेनिस प्रतियोगितामा गनन्जय र सुस्मितालाई स्वर्ण

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए। महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- गनन्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन्। पुरुषतर्फको प्रतियोगितामा गनन्जय  तथा महिलातर्फको प्रतियोगितामा सुस्मिताले स्वर्ण स्थान हासिल गरेका हुन्।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए। महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते।

पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र वज्राचार्य, किरण व्यञ्जनकार तथा इन्द्रशेखर खड्का र सरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे। ६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोश्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने।

महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोश्रो र सम्झना पोखरेल तेश्रो भए। अर्सना महर्जन तथा श्रेया शाक्य उदीयमान खेलाडी चुनिए।

प्रकाशित: Sep 12, 2021| 21:21 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।