शनिबार, फागुन ३०, २०८२

दिल्लीमा सार्वजनिक यातायात सुचारु, पसल खुले

दिल्ली सरकारले लकडाउनमा छुट दिंदै सबै बजार र यातायात खुला गर्न स्वीकृति दिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

एजेन्सी- दिल्ली सरकारले लकडाउनमा छुट दिंदै सबै बजार खुला गर्न स्वीकृति दिएको छ।

National life

यद्यपि, दिल्लीका पसलहरु ‘जोर–बिजोर’ तरिकाले खुल्ने छन्। अर्थात आधा पसल एक दिन खुल्ने छन् भने बाँकी अर्को दिन खुल्नेछन्। अत्यावश्यक वस्तुका पसल भने सधैँ खुला रहनेछन्।

त्यस्तै सपिङ मल भने खोल्न छुट दिइएको छैन। रेष्टुरेन्ट खुले पनि त्यहाँ बसेर ग्राहकले खान पाउने छैनन्, खाना पोको पारेर घर लैजान पाइनेछ।

मुख्यमन्त्री केजरीवालले सार्वजनिक यातायात पनि खोल्ने घोषणा गरेका छन्। दिल्लीमा अटोरिक्सा, ईरिक्सा र बस चल्न अनुमति दिइएको छ। तर अटोरिक्सामा एक जना र बसमा २० जना यात्रुमात्र चढाउन पाइनेछ। त्यस्तै ट्याक्सीमा अधिकतम दुई जनाले मात्रा यात्रा गर्न पाउनेछन्।

निजी गाडी चलाउन पाइनेछ भने बाइकमा पछाडि यात्रु राख्न पाइने छैन।  स्पोर्ट्स कम्प्लेक्स र स्टेडियम खुले पनि दर्शक भने जान पाउने छैनन।

Laxmi sunrise bank
kumari

यि सबै सुविधा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि लागू हुनेछन्।

दिल्लीका सबै सरकारी र निजी कार्यालय खोल्न अनुमति दिइएको छ। तर, निजी कार्यालयका कर्मचारीलाई सकेसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउन भनिएको छ।

यद्यपि, ३१ मे सम्म लकडाउनको यो व्यवस्था लागू हुने र यसबीच मेट्रो, कोचिङ–ट्रेनिङ इन्स्टिच्यूट, होटेल, सिनेमा हल, मल, जिम, स्विमिङ पुल, सलून, बार, थियेटर, अडिटोरियम, विद्यालय र अन्य शैक्षिक संस्था भने बन्द रहने छन्।

दिल्ली सरकारका अनुसार दिल्लीमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ५४ पुगेको छ भने १६० जनाको मृत्यु भएको छ।

प्रकाशित: May 19, 2020| 11:35 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।