शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना खोप : मानव परीक्षणको प्रारम्भिक नतिजा सकारात्मक देखिएको अमेरिकी कम्पनीको दाबी

कोरोना खोप : मानव परीक्षणको प्रारम्भिक नतिजा सकारात्मक देखिएको अमेरिकी कम्पनीको दाबी

अमेरिकी औषधि कम्पनी मोडेर्नाले खोप बन्ने आशा जगाएको छ। कम्पनीले खोप बनाउने प्रक्रियाको अहम चरण पार गरिसकेको बताइएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको प्रकोपबाट विश्व जुधिरहेको छ। यस्तोमा केही देश कोरोना खोप बनाउन जुटिरहेका छन्।

National life

यसैबीच, अमेरिकी औषधि कम्पनी मोडेर्नाले खोप बन्ने आशा जगाएको छ। कम्पनीले खोप बनाउने प्रक्रियाको अहम चरण पार गरिसकेको बताइएको छ। कम्पनीले मानव परीक्षण सुरु गरिसकेको र यसको नतिजा सकारात्मक पाइएको दाबी गरेको छ।

मानवीय परीक्षणको प्रारम्भिक नतिजा सकारात्मक आएपछि जुलाईमा खोप परीक्षणको तेस्रो चरण सुरु गर्ने कम्पनीले जनाएको छ।

तेस्रो चरण सुरु भए उक्त कम्पनीले खोप बनाउने लाइसेन्सका लागि निवेदन दिन पाउनेछ।

मोडेर्ना पहिलो औषधि कम्पनी हो, जसले आरएनए आधारित खोपको मानवीय परीक्षण गरेको थियो।

Laxmi sunrise bank
kumari

उक्त कम्पनी आरएनए आधारित खोप एमआरएनए–१२७३ को मानव परीक्षणको घोषणा गर्ने र त्यसलाई सफल बनाउने पहिलो अमेरिकी कम्पनी हो।

खोप एमआरएनए–१२७३ को असर पहिलो चरणको परीक्षणमा सुरक्षित र सफल रहेको कम्पनीले जनाएको छ। पहिलो चरणमा क्लिनिकल परीक्षणमा सहभागी हरेकलाई २५, १०० वा २५० एमजीको खुराक दिइएको थियो। प्रत्येक खुराक समूहमा १५ मानिस राखिएको थियो।

त्यसपछि अन्तरिम परिणामबाट औषधि परीक्षण गरिएकाको संक्रमितको एन्टिबडी समान स्तरमा रहेको पत्ता लागेको थियो।

कम्पनीका मुख्य कार्यकारी अधिकारी स्टिफन बैन्सेलले भनेका छन्, “पहिलो चरणमा सकारात्मक आँकडा पाइएपछि हाम्रो टिम जुलाईमा तेस्रो चरणको अध्ययन सुरु गर्नका लागि तीव्ररुपले अघि बढ्न ध्यान केन्द्रित गरिरहेको छ। यसमा सम्भव भए लाइसेन्सका लागि आवेदन दिनेछौं।”

आजतक

प्रकाशित: May 19, 2020| 09:29 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।