मंगलबार, साउन १२, २०८३

कोरोनाबाट जोगिन मलेरियाको औषधी सेवन गर्छन् ट्रम्प

 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट जोगिन मलेरियाको औषधी सेवन गर्ने गरेको खुलासा गरेका छन् ।

आफ्नै सरकारले समेत यस प्रकारको गतिविधि घातक हुनसक्ने चेतावनी दिदैं आएको अवस्थामा राष्ट्रपति ट्रम्पले आफूले कोरोनाबाट जोगिन मलेरियाको औषधि सेवन गरिरहेको खुलासा गरेका हुन् ।

उनले सोमबार पत्रकार सम्मेलनमा हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा सेवन गरिरहेको बताएका छन् । ट्रम्पले आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको बताएका छन्।

प्रशासनका धेरै शीर्ष चिकित्सकहरुको सर्तकता पछि पनि ट्रम्पले कोरोना भाइरसको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेका छन्।

ती औषधिले केही बिरामीहरूमा साइड इफेक्ट देखिने सम्भावना रहेको छ भने यसमा कोरोना भाइरससँग लड्न सक्छ भन्ने पुष्टि भएको छैन।

अमेरिकाको खाद्यान्य तथा औषधि प्रशासनले गत महिना मात्र यस प्रकारको औषधिले घातक साइड इफेक्ट देखाउन सक्ने भन्दै जथाभावि औषधी प्रयोग नगर्न चेतावनी दिएको थियो ।

प्रकाशित: May 19, 2020| 08:06 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।