बुधबार, भदौ १७, २०८३

४ प्रतिशतले घट्यो रेमिट्यान्स

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स चालु आवको सोही अवधिमा ४ प्रतिशतले कमी आएको हो।

गत वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब रुपैयाँ भित्रिएकोमा यस वर्ष घटेर ६ खर्ब २६ अर्ब रुपैयाँ आएको छ। 

गत डिसेम्बरको अन्तिम साता चीनमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण मार्चसम्म आइपुग्दा विश्वभर फैलिएको थियो। मार्चको पहिलो सातादेखि विश्वभर लकडाउन सुरु भएपछि धेरै नेपालीहरुले जागिर गुमाएका थिए भने कतिले काम नगरी बसेका छन्।

जसको कारण नेपालमा आउने रेमिट्यान्समा कमी आएको हो। चैत महिनामा रु. ३४ अर्ब ४८ करोड मात्रै रेमिटेन्स भित्रिएको छ। फागुन महिनामा  रु. ७९ अर्ब २१ करोड र माघमा रु. ६६ अर्ब भित्रिएको थियो । 

त्यस्तै, गत चैतमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो।

* सच्याइएको 

प्रकाशित: May 18, 2020| 13:35 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्