आइतबार, भदौ ७, २०८३

मूल्य अभिवृद्धि करको दर घटाउन महासंघको सुझाव

महासंघले आयकरको सीमा बढाउँदै व्यक्तिको आम्दानीमा लाग्ने आयकरको सीमा ६ लाख र दम्पतीको हकमा ७ लाख बनाउन माग राखेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले मूल्य अभिवृद्धि करको दर घटाउन सरकारलाई सुझाव दिएको छ।

आगामी वर्षको बजेटका लागि महासंघले सरकारलाई करका दर घटाउन सुझाव दिएको हो।

लकडाउनले प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मूल्य अभिवृद्धि करलाई १३ बाट १० प्रतिशतमा झार्न महासंघले आग्रह गरेको छ।

त्यस्तै, स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पर्ने सुर्ती तथा मदिराजन्य सामग्री र सवारी साधनबाहेक अन्य वस्तुमा अन्तःशुल्क खारेज गर्न पनि महासंघले माग गरेको छ।

महासंघले आयकरको सीमा बढाउँदै व्यक्तिको आम्दानीमा लाग्ने आयकरको सीमा ६ लाख र दम्पतीको हकमा ७ लाख बनाउन माग राखेको छ।

साथै करको दर परिवर्तन गर्दै १०, २०, ३० र ३५ प्रतिशत आयकरलाई घटाएर ५, १५ र २५ प्रतिशतमा सीमित गरिनु पर्ने महासंघको भनाइ छ।

महासंघले हालको कारोबारको आधारमा कर तिर्ने व्यवस्थालाई परिवर्तन गरी ५० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत र ५० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.७५ प्रतिशत कर लगाउन पनि अनुरोध गरेको छ।

 

प्रकाशित: May 17, 2020| 16:05 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्