शनिबार, फागुन ३०, २०८२

भारतको महाराष्ट्रमा जेठ १८ सम्म लकडाउन

भारतको महाराष्ट्र राज्यमा जेठ १८ गते (३१ मे) सम्मका लागि लकडाउन बढाइएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

भारत- भारतको महाराष्ट्र राज्यमा जेठ १८ गते (३१ मे) सम्मका लागि लकडाउन बढाइएको छ।

National life

कोरोना भाइरसको संक्रमणको अवस्था गम्भीर रहेको भन्दै महाराष्ट्र सरकारले लकडाउन पुनः २ हप्ताका लागि थप गरेको हो।

भारतको केन्द्रीय सरकारले घोषणा गरेको लकडाउन आज (आइतबार) सकिँदैछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै जारी रहने बताए पनि कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट पारेका छैनन्।

महाराष्ट्रमा हालसम्म ३० हजार ७ सय ६ जना संक्रमित भएका छन्। जसमध्ये १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

भारतभर संक्रमितको संख्या ९० हजार भन्दा बढी पुगेको छ। जसमध्ये २ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ।

३४ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित: May 17, 2020| 14:27 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।