आइतबार, भदौ ७, २०८३

दूधकोशीमा लगानी गर्न पाँच दातृ निकाय इच्छुक

अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले दातृ निकायका प्रतिनिधिसँग गरेको छलफलका क्रममा पाँच निकाय इच्छुक देखिएका हुन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– दूधकोसी जलविद्युत् आयोजनामा लगानी गर्न पाँच वटा दातृ निकाय इच्छुक देखिएका छन्।

अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले दातृ निकायका प्रतिनिधिसँग गरेको छलफलका क्रममा पाँच निकाय इच्छुक देखिएका हुन्।

६३५ मेगावाटको आयोजनामा लगानी गर्न एसियाली विकास बैंक, युरोपेली लगानी बैंक, एसियाली पूर्वाधार लगानी बैंक, कोरियाली एक्जिम बैंकलगायत लगानीका लागि तयार देखिएका हुन्।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत् दूधकोशी निर्माण थाल्ने घोषणा गरेको छ।

आयोजनाको आधार लागत एक अर्ब ५३ करोड डलर लाग्ने अनुमान गरिएको छ।

आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ। यसमध्ये हिउँदमा एक अर्ब ३५ करोड ८० लाख र वर्षामा दुई अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ।

प्रकाशित: May 17, 2020| 09:41 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्