शनिबार, फागुन ३०, २०८२

इटालीमा लकडाउन खुकुलो बनाइँदै

कोरोना भाइरसबाट आक्रान्त युरोपेली मुलुक इटालीले लामो समयदेखि जारी लकडाउन खुकुलो बनाउँदै यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ। अबको दुई सातापछि अर्थात् ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा त्यहाँको सरकारले गरेको हो।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

कोरोना भाइरसबाट आक्रान्त युरोपेली मुलुक इटालीले लामो समयदेखि जारी लकडाउन खुकुलो बनाउँदै यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ। अबको दुई सातापछि अर्थात् ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा त्यहाँको सरकारले गरेको हो।

National life

यसका साथै २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर तथा १५ जुनदेखि सिनेमा घरहरु पनि खोलिने छ। यस्तै ४ मेदेखि उद्योगहरु खोल्ने अनुमति दिइएको छ ।


इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आँकलन गरेरै यी निर्णयहरु लिइएको बताएका छन्। कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरु लिइएको उनले बताएका छन्।

यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरुबाट इटाली आउने नागरिकले अनिवार्य रुपमा दुई हप्ता क्वारेन्टिनमा बस्नु पर्नेछ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ७ सय ६३ जनाको ज्यान गइसकेको छ भने २ लाख २४ हजार ७ सय ६० जना संक्रमित छन्।

Laxmi sunrise bank
kumari

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले फेब्रुअरीमा लकडाउन घोषणा गरेको थियो । लकडाउन गर्ने इटाली युरोपको पहिलो देश हो।
बीबीसी

प्रकाशित: May 17, 2020| 07:08 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।