आइतबार, भदौ ७, २०८३

भक्तपुर र ललितपुरका सवारी पास पनि खारेज

उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरले पनि यसअघि जारी गरेका सबै सावारी पास खारेज गरेका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरले पनि यसअघि जारी गरेका सबै सावारी पास खारेज गरेका छन्।

दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयले शनिबारबाट लागू हुनेगरी लकडाउनमा प्रयोगमा ल्याइएको सबै पास खारेज गरेका हुन्।

शुक्रबार सूचना जारी गर्दै दुबै जिल्लाले उपत्यका बाहिरका जिल्लाबाट अत्यावश्यक कामका लागि आउनु पर्ने भएमा गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गरिने जनाएका छन्। त्यसका लागि अत्यावश्यक कामको पुस्ट्याई खुलाएर पठाउनुपर्ने छ।

लकडलाउन कार्यान्वयनलाई थप कडाई गर्न भन्दै दुबै जिल्ला प्रशासनले गृह मन्त्रालयको पासबिना सवारी चलेको पाईएका कानुन अनुसार कारबाही गरिने जनाएका छन्।

बिहीबारको गृह मन्त्रालयको निर्देशन अनुसार उपत्यकाका तीनवटै जिल्लाले यस अघि जारी गरेका सबै पास खारेज गर्दै लकडाउनलाई कडाई गर्ने जनाएका छन्।

प्रकाशित: May 15, 2020| 18:24 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।