आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यूएईले बन्द गर्‍यो पर्यटक भिसा, २७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

यूएईले बन्द गर्‍यो पर्यटक भिसा, २७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

संयुक्त अरब ईमिरेट्स (यूएई)ले पर्यटक भिसा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटक भिसा रद्द गरिनुका साथै भीडभाड हुने अन्य कार्यक्रम पनि स्थगित गरिएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

संयुक्त अरब ईमिरेट्स (यूएई)ले पर्यटक भिसा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटक भिसा रद्द गरिनुका साथै भीडभाड हुने अन्य कार्यक्रम पनि स्थगित गरिएको छ।

National life

यूएईले मार्च अन्तिमसम्मको लागि प्रमुख पर्यटकीय गन्तव्यहरू पनि बन्द गर्ने निर्णय गरेको छ। यूएईमा गत वर्ष एक करोड ३० लाख पर्यटकले भ्रमण गरेको सरकारी तथ्यांक छ।

त्यसैगरी सरकारले कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्ने असर कम गर्न २७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ। यसको ५० प्रतिशत रकम बिना व्याज दिइने जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यूएईमा ८५ जना संक्रमित छन्।

प्रकाशित: Mar 15, 2020| 09:33 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।