आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुद्रसम्म पुर्‍याउने सरकारको नीति

नेपाली पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुद्रसम्म पुर्‍याउने सरकारको नीति

नेपाली राष्ट्रिय ध्वजावहाक पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुद्रसम्म पुर्‍याउने तयारी भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय ध्वजावहाक पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुन्द्रसम्म पुर्‍याउने तयारी भएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्था गरिने उल्लेख गरिन्।

नीति तथा कार्यक्रममा भारतीय आन्तरिक जलमार्गसँग जोडिने गरी कोशी, गण्डकी र कर्णाली जलमार्ग विकास गरिने जनाइएको छ।

गण्डकी नदीलाई भारतीय जलमार्गसँग जोड्ने र उपयुक्त स्थानमा टर्मिनल निर्माण गरी तीन वर्षभित्र गण्डकीमा जल यातायात सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 15, 2020| 18:22 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्