आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काभ्रे र तेह्रथुममा विमानस्थल बनाइने, गौतमबुद्ध विमानस्थल आगामी वर्ष सञ्चालन हुने

काभ्रे र तेह्रथुममा विमानस्थल बनाइने, गौतमबुद्ध विमानस्थल आगामी वर्ष सञ्चालन हुने

रकारले काभ्रे र तेह्रथुममा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– सरकारले काभ्रे र तेह्रथुममा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई आन्तरिक विमानस्थलको निर्माण सुरू हुने बताएकी हुन्।

त्यस्तै निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष सञ्चालनमा आउने भएको छ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने जनाइएको छ।

नीति तथा कार्यक्रममा आगामी वर्ष पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने उल्लेख छ।

प्रकाशित: May 15, 2020| 18:11 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्