शुक्रबार, साउन २२, २०८३

गरीब तथा विपन्नलाई निःशुल्क उपचार

सरकारले गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– सरकारले गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र पाठेघर सम्बन्धी रोगको रोकथाम, परीक्षण तथा उपचार कार्यक्रम थप प्रभावकारी बनाइने बताएकी हुन्।

सरकारले वडास्तरीय सेवा केन्द्रबाट ४० वर्ष माथिका नागरिकको रक्तचाप, अल्बुमिन र मधुमेह निःशुल्क जाँच गर्ने व्यवस्था गर्ने भएको छ।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालबाट उपलब्ध विशिष्टिकृत स्वास्थ्य सेवाको विस्तार र स्तरोन्नति भइरहेको जनाइएको छ।

यी अस्पतालहरूलाई पाँच सय शैय्याको विषेशज्ञ अस्पतालको रुपमा विकास गरिने सरकारी योजना छ।

प्रकाशित: May 15, 2020| 17:49 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्