काठमाडौं– सरकारले विदेशबाट रोजगारी गुमाएर फर्किएकाहरूलाई उद्योग क्षेत्रमा परिचालन गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशबाट फर्किनेहरूलाई निर्माण र औद्योगिक क्षेत्रमा परिचालन गरिने बताएकी हुन्।
आगामी वर्ष स्वदेशमा समेत रोजगारीका अवसर खुम्चिने भएकोले कृषिको व्यावसायिकरण र निर्माण क्षेत्र प्राथमिकतामा परेको नीति तथा कार्यक्रममा जनाइएको छ।
‘दक्ष श्रमिक, कामको सम्मान, उचित पारिश्रमिक सरकारको श्रम नीति’ अन्तर्गत सरकारले व्यापक रोजगारी र अवसर सिर्जना गर्ने उल्लेख छ।
सीप भएकालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने, प्रविधि हस्तान्तरण गर्ने र बजारीकरणसँग जोड्न सघाउने भनिएको छ।
सुरूवाती पूँजी उपलब्ध गराउन शैक्षिक प्रमाणपत्र धितो राखिनेछ।