शनिबार, असोज १७, २०८३

७१ अंकले बढ्यो नेप्से, ९ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से ७१.४३ अंकले बढेको छ। केही दिन यता लगातार ओरोलो लागेको बजार आइतबार भने २९४७.४२ बिन्दुमा पुगेको हो।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- आइतबार नेप्से  ७१.४३ अंकले बढेको छ। केही दिन यता लगातार ओरोलो लागेको बजार आइतबार भने २९४७.४२ बिन्दुमा पुगेको हो। नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ।

बिहीबार ६ अर्ब ६४ करोडकको कारोबार भएको शेयर बजारमा आइतबार ९ अर्ब ४४ करोड बराबरको शेयर खरिदबिक्री भएका छन्। २३१ कम्पनीको ७१ लाख कित्ता कारोबार हुँदा सेन्सेटिभ सूचक १३ अंकले वृद्धि भएर ५४८.२९ बिन्दुमा पुगेको छ।

आइतबार सामूहिक लगानी कोषबाहेक सबै समूहको परिसूचक बढेको छ।

प्रकाशित: Sep 12, 2021| 16:54 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्