आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकले जेठमा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने

एनआईसी एशिया बैंकले जेठमा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने

 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

एनआईसी एसिया बैंकले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ।

नेपाल राष्ट्र बैंकले यही वैशाख १६ गते कोरोनाबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन निर्देशन दिएको थियो।

सोही निर्देशन कार्यान्वयन गर्दै बैंकले २ प्रतिशत ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरे सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ।

महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट जेठ महिनाका लागि समेत १० प्रतिशत छुट दिने जनाएको हो।

यसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरे सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो।

प्रकाशित: May 15, 2020| 14:47 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्