आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको नोक्सान हुने प्रक्षेपण, आर्थिक गतिविधि अझै ६ महिना प्रभावित हुने

विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको नोक्सान हुने प्रक्षेपण, आर्थिक गतिविधि अझै ६ महिना प्रभावित हुने

कोरोनाका कारण विश्वभरकै आर्थिक गतिविधि अझ ६ महिना प्रभावित हुने अनुमानका आधारमा एडीबीले यो प्रक्षेपण गरेको हो।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

कोरोना भाइरसको महामारीका कारण विश्वभर ८.८ ट्रिलियन (८८ खर्ब) अमेरिकी डलर बराबरको नोक्सान हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आउने आर्थिक मन्दीका कारण विश्वको अर्थव्यवस्थामा ५.८ देखि ८.८ ट्रिलियन डलरबराबरको नोक्सान हुने एडीबीको अनुमान छ।

यो रकम विश्वभरको आर्थिक उत्पादनको ९.७ प्रतिशतबराबर हो। यो आँकडा एडीबीले नै गत महिना प्रक्षेपण गरेको भन्दा दोब्बर हो।

कोरोनाका कारण विश्वभरकै आर्थिक गतिविधि अझ ६ महिना प्रभावित हुने अनुमानका आधारमा एडीबीले यो प्रक्षेपण गरेको हो।

सन् १९९०–१९९१ र २००१ मा करिब ८ महिना विश्व अर्थतन्त्रमा मन्दी देखिएको थियो। तर, अहिलेजस्तो सम्पूर्ण र सर्वत्र गतिविधि रोकिएको थिएन।

यसअघि विश्व बैंकले कोरोना भाइरसका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सबैभन्दा कम हुने बताएको थियो।

यो क्षेत्रले दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्ने उसको भनाइ छ। दक्षिण एसियामा एक अर्ब ८० करोड मानिस बस्छन्। यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्।

बीबीसी

 

प्रकाशित: May 15, 2020| 13:10 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्