आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आरोहणमा भारी बोक्नेहरूको ज्यालाबाट भ्याट हटाउन टानको माग

आरोहणमा भारी बोक्नेहरूको ज्यालाबाट भ्याट हटाउन टानको माग

ट्रेकिङ व्यवसायीहरूको छाता संगठन टानले सरकारलाई भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– पदयात्रा र हिमाल आरोहणमा भारी बोक्ने भरिया, याक, खच्चड र गाइडको ज्यालाबाट असुल्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले माग गरेको छ।

ट्रेकिङ व्यवसायीहरूको छाता संगठन टानले सरकारलाई भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो।

भ्याटका कारण भ्रमण तथा आरोहण प्याकेज महँगो हुन पुगेको पनि टानले जनाएको छ।

कोभिड–१९ को कारण यो सिजनमा मात्रै १५ अर्बको कारोबार गुमेको टानले अनुमान गरेको छ।

टानले पर्यटन क्षेत्रलाई पुनस्र्थापना गर्न राहतका प्याकेजसमेत माग गरेको छ।

दैनिक ज्यालामा अघिल्लो वर्षसम्म भ्याट छुटको व्यवस्था थियो।

 

प्रकाशित: May 15, 2020| 11:57 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्