मंगलबार, साउन १२, २०८३

कोरोनाबाट ३ लाखभन्दा बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख नाघेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख नाघेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ३ लाख २ हजार जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी ४४ लाख ४० हजार ९८९ जना संक्रमित भएका छन्। यीमध्ये १५ लाख ८७ हजार ७८० जना भने निको भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। त्यहाँ १४ लाख १७ हजार ३५० जनामा संक्रमण भएको छ भने ८५ हजार ८८६ जनाको मृत्यु भएको छ।

संक्रमणका हिसाबले दोस्रोमा रहेको रसियामा २ लाख ५२ हजार २४५ जना संक्रमित छन् भने २ हजार ३०५ जनाको मृत्यु भएको छ।

बेलायतमा २ लाख ३४ हजार ४४० जना संक्रमित भएका छन्। ३३ हजार ६९३ जनाको मृत्यु भएको छ।

स्पेनमा संक्रमितको संख्या २ लाख २९ हजार ५४० छ। त्यहाँ २७ हजार ३२१ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएकोमा ३१ हजार ३६८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा २ लाख २ हजार ९१८ जना संक्रमित भएकोमा १३ हजार ९९८ जनाको मृत्यु भएको छ।

प्रकाशित: May 15, 2020| 08:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।