मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा बेरोजगारी तीव्र वृद्धि, तीन करोड ६० लाखले मागे भत्ता

अमेरिकामा बेरोजगारी तीव्र वृद्धि, तीन करोड ६० लाखले मागे भत्ता

कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै अमेरिकामा तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

न्युयोर्क- कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै अमेरिकामा तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्।

उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन्।

बेरोजगार भत्ताको दावी गर्नेहरुको संख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यावसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौं मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ।

यति धेरै मानिस एकैचोटि रोजगारविहीन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन्।

बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाइ भइरहेको बताएका छन्।

प्रकाशित: May 14, 2020| 21:48 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।