आइतबार, भदौ ७, २०८३

एक प्रतिशतले घट्यो बैंकहरूको नाफा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको नाफा घटेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको नाफा घटेको छ।

कोभिड–१९ को संक्रमण र लकडाउनका कारण गत वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफा घटेको हो।

तेस्रो त्रैमासिकसम्म २७ वाणिज्य बैंकको कुल नाफा ४५ अर्ब २४ करोड रूपैयाँ छ। जुन गत वर्षको तुलनामा एक प्रतिशतले कम हो।

गत आवको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफा १५.५ प्रतिशतको वृद्धिसहित ४५ अर्ब ६६ करोड रूपैयाँ थियो।

गत आवको तुलनामा नाफा घटे पनि नबिल बैंकको तीन अर्ब १५ करोड र राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब तीन करोेड रुपैयाँभन्दा बढी छ।

एनआईसी एसिया, ग्लोबल आईएमई, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, कृषि विकास बैंक र प्राइम बैंकको नाफा दुई अर्ब रूपैयाँभन्दा बढी छ।

अन्य १४ वटा बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा धेरै छ। सनराइन, सेन्चुरी, बैंक अफ काठमाडौं र सिभिल बैंकको नाफा भने एक अर्ब रूपैयाँभन्दा कम छ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा पनि चालु आवमा बैंकहरूको नाफा घट्ने तर घाटामा नजाने उल्लेख छ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चैतसम्मको ब्याजमा १० प्रतिशत छुट दिएका छन् भने चैतदेखि असारसम्मको ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गर्नुपर्नेछ।

तेस्रो त्रैमासिकमा लकडाउनको २० दिन मात्र परेको छ। जसले गर्दा चौथो त्रैमासिकमा नाफा झनै घट्ने बैंकहरूको अनुमान छ।

 

प्रकाशित: May 14, 2020| 12:02 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्