आइतबार, भदौ ७, २०८३

लकडाउन नखुलेसम्म सेयर काराेबार बन्द

५१ दिनपछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- ५१ दिनपछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको हो। 

सोही निर्देशनअनुसार आजदेखि सेयर काराेबार हुने छैन। लकडाउन नखुलेसम्म सेयरबजार बन्द रहने जनाइएको छ। सरकारकाे अनुमतिमा सेयर काराेबार बन्द गर्ने निर्णय भएकाे सेबाेनका प्रवक्ता निरज गिरीले बताए।

प्रकाशित: May 14, 2020| 10:45 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्