आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महानगरीय प्रहरीद्वारा युवा उद्यमी जेन श्रेष्ठसहित दर्जन संस्था सम्मानित

महानगरीय प्रहरीद्वारा युवा उद्यमी जेन श्रेष्ठसहित दर्जन संस्था सम्मानित

सम्मानित हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्यलगायत छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– कोभिड कहरका बेला समाजमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्था सम्मानित भएका छन्। महानगरीय प्रहरी ललितपुरले शान्ति सुरक्षाबारे नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रमका अवसरमा बुधबार यी संस्थाहरुलाई सम्मान गरेको हो। 

सम्मानित हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्य, टेवा संस्थाका अध्यक्ष छिङ लमू शेर्पा,  उपकार सेवा नेपालका कार्यकारी सदस्य अग्रवाल, थ्रेड गार्मेन्टका प्रोपाइटर कृष्णराज तिमल्सिना, डिलाइट पार्टी भेन्टका प्रोपाईटर चेतनाथ बजगाँई  र अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ रहेका छन् । 

सम्मानित सबै संस्थाहरुलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले  सम्मानपत्र  हस्तान्तरण गरेकी थिइन्। 'स्वास्थ्य सामाग्री सहयोग गर्ने अवसर  दिएकोमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई धेरै धन्यवाद' सम्मानपछि सम्बोधन गर्दै जेन श्रेष्ठले भने,  'महागरीय प्रहरी परिसर ललितपुरमा भएका सवै महिला प्रहरीलाई निशुल्क स्वास्थ्य जाँच गरेर थप सहयोगको घोषणा गर्न चाहन्छु।'
प्रकाशित: Jul 29, 2021| 23:10 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्