अस्ट्रेलियामा बेरोजगारी दर ६.२ प्रतिशत पुगेको छ। ६० लाख अस्ट्रेलियालीले सरकारबाट अनुदान पाइरहेका छन्। त्यसैगरी १० लाखले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देश संकटको घडीमा रहेको बताएका छन्। उनका अनुसार यो स्थिति चिन्ताजनक हो, तर अप्रत्याशित भने होइन। ‘आउने महिना स्थिति झन् खराब हुनेवाला छ, तर लकडाउन खुकुलो भएपछि स्थिति सहज हुने अपेक्षा छ,’ उनले भने।
बेरोजगारी दर जुनसम्ममा १० प्रतिशत पुग्ने सरकारको अनुमान छ। साथै जीडीपीमा पनि १० प्रतिशतले कमी आउने प्रक्षेपण छ।
बीबीसी