शनिबार, असोज १७, २०८३

पैसा बाँडेर देश बन्दैन : सुरेन्द्र पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले पैसा बाँडेर मात्रै देश नबन्ने बताएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले सरकारले पैसा बाँडेर मात्रै देश नबन्ने बताएका छन्। सरकारले प्रतिनिधि सभामा पेस गरेको बजेट प्रतिस्थापन विधेयकले लोकप्रियतावादी कार्यक्रमलाई जोड दिएको भन्दै यस्तो टिप्पणी गरेका हुन्। 

'गएका बजेटमा पनि लोकप्रियतावादी कार्यक्रममा राखिने गरिएको थियो। हामीले पैसा बाँड्न मात्र जानेका छौँ। यसले मात्र देश बन्दैन। पैसा बाँढ्न त जता बाँड्दिए पनि भो। उद्योग नभई भत्ता दिएर मात्र  हुँदैन,' उनले भने, 'अर्थतन्त्रलाई टेवा पुग्ने गरी रकमको परिचालन हुनुपर्‍यो। त्यसले मात्र दिगो विकासमा योगदान गर्न सक्छ।' 

खाद्यान्न उत्पादन बढाउने कार्यक्रममा जोड दिनुपर्ने उनको  भनाइ छ। 'व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने छ। उद्योगको योगदान ५-६  प्रतिशतमा झरेको छ,' उनले भने।

आफ्नो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले नयाँ बजेट ल्याएकाले पनि विरोध भएको उनको भनाइ छ। 

प्रकाशित: Sep 12, 2021| 15:06 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्