शनिबार, फागुन ३०, २०८२

कोरियामा क्लबबाट फैलिँदैछ कोरोना

दक्षिण कोरियामा नाइट क्लबबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रधानमन्त्री चुंग सी क्यूंले क्लबमा जाने सबैको परीक्षण गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

दक्षिण कोरियामा नाइट क्लबबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रधानमन्त्री चुंग सी क्यूंले क्लबमा जाने सबैको परीक्षण गर्नुपर्ने बताएका छन्। राजधानीको सोलको नाइट क्लबमा जाने करिब १२० जनामा संक्रमण पुष्टि भएको छ।

National life

सोलका १० वटा बार तथा क्लब निगरानीमा छन्। अप्रिल अन्तिममा नाइट क्लब पुनः खुलेपछि कोरियामा कोरोना संक्रमण दोहोरिएको हो।

स्वास्थ्य अधिकारीहरुले नाइट क्लब रहेको इलाकामा बस्ने मानिसहरुको मोबाइल जीपीएस तथा क्रेडिट कार्डको रेकर्डबाट हजारौंको ट्रेस गरिरहेका छन्।

ट्रेस गरिएका एक व्यक्तिले आफ्नो आउजाउ तथा नोकरीबारे झुट बोलेपछि उनलाई मुद्दा चलाइएको छ। उनलाई दुई वर्षको जेल सजाय र करिब १२ लाख स्थानीय मुद्रा जरिबाना हुन सक्छ।

२५ वर्षे ती शिक्षकबाट ६ जना विद्यार्थी संक्रमित भएका छन्। संक्रमितमध्ये दुई जना चर्च पनि गएका थिए।

Laxmi sunrise bank
kumari

लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स्जेन्डर समुदायका व्यक्ति पनि क्लबमा गएका थिए। तर, भेदभावको डरले उनीहरु खुलेका छैनन्। प्रधानमन्त्रीले कोही कोरोना पोजेटिभ पाइए निजी डाटा डिलिट गरिने बताउँदै सहयोग गर्न आग्रह गरेका छन्।

बीबीसी

प्रकाशित: May 13, 2020| 14:01 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।