आइतबार, भदौ ७, २०८३

सेयर बजार एक घण्टा पनि कारोबार नभई बन्द

आजको सेयर कारोबार ३९ मिनेटमै बन्द भएको छ। नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

आजको सेयर कारोबार ३९ मिनेटमै बन्द भएको छ। नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको हो। नेप्से २४.५८ अंकले घटेर १२०१.५७ अंकमा अडिएको छ।

दुई घण्टा कारोबारका लागि बजार ११ बजे खुलेको थियो । आज ३६ लाख १३ हजार ५२३ रुपैयाँबराबरको १० हजार ५२६ कित्ता सेयर कारोबार भएको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन भएको लकडाउनका कारण बन्द भएको सेयर बजार हिजो ५० दिनपछि खुलेको थियो। हिजो पनि खुलेको डेढ घण्टामै २५ अंकले आरोलो लागेपछि कारोबार बन्द भएको थियो ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले सेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तलमाथि भए किनबेच बन्द गर्ने निर्णय भएको थियो। त्यही अनुसार दुई घण्टाका लागि खोलिएको बजार समयअघि नै कारोबार बन्द भएको हो।

प्रकाशित: May 13, 2020| 11:58 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्