बुधबार, चैत ११, २०८२

'रमाइलो पढाइ' डाउनलाेड गराैं, बालबालिकालाई घरमै बसेर सिकाऔं

सरकारले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग गर्न 'रमाइलो पढाइ' मोबाइल एप निर्माण गरेको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- सरकारले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग गर्न 'रमाइलो पढाइ' मोबाइल एप निर्माण गरेको छ।

National life

प्रारम्भिक कक्षाका बालबालिकाका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी एप तयार पारिएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ।

एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकका साथ समावेश गरिएका छन्।

साथै, नेपाली भाषालगायत १० स्थानीय भाषाहरूमा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम समावेश रहेको केन्द्रले जनाएको छ।

रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथा छन्।

Laxmi sunrise bank
kumari

यो एप राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउने उद्देश्यले तयार पािरएको हो।

'रमाइलो पढाइ' गुगल प्ले स्टोरमा गएर डाउनलाेड गर्न सकिन्छ।

प्रकाशित: May 13, 2020| 11:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्