शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संकट : सबैभन्दा प्रभावित देशको सूचीमा भारत १२ औं स्थानमा

कोरोना संकट : सबैभन्दा प्रभावित देशको सूचीमा भारत १२ औं स्थानमा

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा ८७ जनाको संक्रमणका कारण ज्यान गएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा ८७ जनाको संक्रमणका कारण ज्यान गएको छ।

National life

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिल्लीमा मात्रै ८६ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कुल ७४ हजार २८१ संक्रमित छन् भने २ हजार ४१५ को मृत्यु भएको छ।

स्वास्थ्य मन्त्री हर्षवर्धनका अनुसार संक्रमणबाट हुने मृत्युदर भारतमा ३.२ प्रतिशत छ भने निको हुने दर ३१.७४ प्रतिशत छ।

यि तथ्यांकहरुलाई हेर्दा कोरोना भाइरस संकटबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा भारत १२ औं स्थानमा पुगेको छ।

चीन भारतभन्दा एक स्थान माथि छ। जहाँ गएको डिसेम्बर महिनामा यो महामारी सुरु भएको थियो। चीनमा कुल संक्रमितको संख्या ८४ हजार ४५१ र मृतकको संख्या ४ हजार ६४४ छ।

Laxmi sunrise bank
kumari

यो सूचीमा सबैभन्दा अगाडि अमेरिका छ, जहाँ संक्रमितको संख्या १२ लाख नाघेको छ। यसपछि स्पेन, रुस, बेलायत, इटली, फ्रान्स, ब्राजील, टर्की र इरान छन्।

नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ भने यिमध्ये ३४ जना निको भइसकेका छन्।

प्रकाशित: May 13, 2020| 10:40 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।