मंगलबार, साउन १२, २०८३

रुसमा दैनिक १० हजारभन्दा बढीलाई कोरोना संक्रमण

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय तीव्र देखिएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय तीव्र देखिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ पछिल्लो १० दिनयता १० हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिरहेको छ। पछिल्लो २४ घन्टामा रुसमा १० हजार ८ सय ९९ संक्रमित थपिएका छन्।

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ३२ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म दुई हजार एक सय १६ पुगेको छ।

दैनिक १० हजार संक्रमित थपिए पनि राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार (हिजो)देखि लकडाउन खुकुलो बनाएका छन्।

एजेन्सी

प्रकाशित: May 13, 2020| 10:10 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।