शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ‘अगस्टसम्ममा कोरोनाबाट अमेरिकामा १ लाख ४७ हजारको ज्यान जान सक्छ’

‘अगस्टसम्ममा कोरोनाबाट अमेरिकामा १ लाख ४७ हजारको ज्यान जान सक्छ’

आईएचएमआईको अनुमानले अमेरिकामा कोरोना संकट अझ गहिरिँदै गएको पुष्टि हुन्छ। मंगलबार नै अमेरिकाका कोभिड–१९ टास्क फोर्स प्रमुख डा. एन्थोनी फाउचीले लकडाउन खोल्नु अमेरिकाका लागि खतरनाक हुने बताएका थिए।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

अमेरिकास्थित युनिभर्सिटी अफ वासिङटन इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभाल्युएसन (आईएचएमई) ले आगामी अगस्टको सुरुवातसम्ममा कोरोना भाइरसबाट अमेरिकामा १ लाख ४७ हजारभन्दा बढीको मृत्यु हुन सक्ने बताएको छ।

National life

आईएचएमईको यो अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो। यो संख्या यही संस्थाले यसअघि अनुमान गरेको भन्दा १० हजार बढी हो।

संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउन खुकुलो बनाउनु थप खतरनाक हुने चेतावनी पनि उसले दिएको छ। अहिलेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ८२ हजार २४६ जनाको मृत्यु भइसकेको छ।

आईएचएमआईको अनुमानले अमेरिकामा कोरोना संकट अझ गहिरिँदै गएको पुष्टि हुन्छ। मंगलबार नै अमेरिकाका कोभिड–१९ टास्क फोर्स प्रमुख डा. एन्थोनी फाउचीले लकडाउन खोल्नु अमेरिकाका लागि खतरनाक हुने बताएका थिए।

कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने प्रयास भइरहेको भए पनि त्यसको कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

बीबीसी

प्रकाशित: May 13, 2020| 08:00 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।