आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारा र पर्सामा निषेधाज्ञा, सबै नाकाबाट आवतजावतमा रोक

बारा र पर्सामा निषेधाज्ञा, सबै नाकाबाट आवतजावतमा रोक

कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

जनकपुरधाम- कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यु) जारी गरेका छन्।

मंगलबार पर्सामा ३९ र बारामा एकजना नयाँ संक्रमित फेला परेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार ३० वैशाख साँझ ८ बजेदेखि ५ जेठ राति १२ बजेसम्म पर्सा जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शान्तिसुरक्षा तथा सुव्यवस्था, सुरक्षा, स्वास्थ्य, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय बन्द रहनेछ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।

छिमेकी मित्र राष्टसँग सिमाना जोडिएका नाकाहरु तथा खुला सिमानाको जुनसुकै स्थानबाट यात्रुहरुको अवागमनमा निषेध गरिएको भन्दै लुकिछिपी आउने क्रम रोक्न सुरक्षा गस्ती बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भारतबाट आउने तरकारी ढुवानी गर्ने मालबाहक साधनलाई रजतजयन्ती चोकमा मात्र पल्टी गरी त्यस्ता तरकारीलाई अन्य जिल्लाका लागि मात्र ढुवानी गर्न दिइए पनि पर्सा जिल्लाको लागि ढुवानी तथा बिक्रीवितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

यसैगरी बारा जिल्ला प्रशासन कार्यालयले पनि २५ वैशाखदेखि जारी भएको निषेधाज्ञा थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पर्साको वीरगन्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत गर्न अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनबाहेक अन्य सम्पूर्ण सवारीसाधन अवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

वीरगन्जमा जेठ ५ गतेसम्म निषेधाज्ञा, सेना परिचालन

प्रकाशित: May 12, 2020| 20:59 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।