शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना महामारी : चीनमा ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

कोरोना महामारी : चीनमा ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ।

National life

सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन्। यो चीनभर रहेका विद्यार्थीको कुल सङ्ख्याको ३९ प्रतिशत हो।

चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्र्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भभने, “प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी छ। सोमबारसम्ममा करिब दस करोड अर्थात् कूल विद्यार्थी सङ्ख्याको ३९ प्रतिशत सहभागिता भएको छ। बाँकी विद्यार्थी पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ।”

विश्वमा महामारीको रूप लिएको कोरोनाभाइरस सुरुमा गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरबाट पत्ता लागेको थियो । चीनमा कोरोनाभाइरसबाट मंंगलबारसम्ममा करिब ८३ हजार व्यक्ति संक्रमित बनेका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ।

प्रकाशित: May 12, 2020| 19:32 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।