शनिबार, साउन २३, २०८३

शिक्षककाे कार्य सम्पादन मूल्यांकन स्थगित (सूचनासहित)

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको २०७६ को कार्यसम्पादन मूल्यांकन फाराम तत्काल भराउन नसक्ने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको २०७६ को कार्यसम्पादन मूल्यांकन फाराम तत्काल भराउन नसक्ने भएको छ।

आयोग नियमावलीमा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्यांकन फाराम भरी सम्बन्धित विद्यालयमा पेस गर्नुपर्ने व्यववस्था छ।

काेराेना भाइरस महामारीका कारण चैत दाेस्राे सातादेखि बन्दाबन्दी हुँदा यसपटक नयाँ शैक्षिक सत्र कहिलेदेखि सुरु हुने अन्याेल छ। नेपालमा वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने प्रावधान छ।

आयोगको मंगलबार बसेको बैठकले कोरोना भाइरसका काण बन्दाबन्दी घोषणा भई सबै विद्यालयहरु पूर्ण रुपमा बन्द भएकाले शिक्षकरुको कार्यसम्पादन मूल्यांकन फाराम भर्न, दर्ता गराउन तथा मूल्यांकन गराउन नसकिएको निष्कर्ष निकालेको हो।

२०७६ को कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, दर्ता गर्ने र मूल्यांकन गर्ने कार्यका लागि विद्यालय नियमित सञ्चालन भएपछि निश्चित अवधिसहित सूचना प्रकाशन गरिने आयोगका प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद अर्यालले बताएका छन्।

प्रकाशित: May 12, 2020| 16:48 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्