शनिबार, फागुन ३०, २०८२

ह्वाइट हाउसमा मास्क अनिवार्य, तर ट्रम्पका लागि हैन

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ।

National life

आफ्नो डेस्कमा मात्र बस्ने कर्मचारीबाहेक सबैले मास्क लगाउनुपर्ने र सहकर्मीसँग पर्याप्त दूरी कायम गर्नुपर्ने निर्देशन ह्वाइट हाउस कार्यालयले दिएको छ।

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एक जना सहयोगीलाई कोरोना संक्रमण भएपछि यस्तो निर्देशन जारी भएको हो।

ह्वाइट हाउसको यस्तो निर्देशन आए पनि राष्ट्रपति ट्रम्प भने मिडिया ब्रिफिङका क्रममा मास्क नलगाई देखा परे। उनले अहिलेसम्म मास्क लगाएका छैनन्। यसबारे प्रश्न उठेपछि ट्रम्पले भने, ‘ह्वाइट हाउसको आदेश मैले मान्नु जरुरी छैन। त्यसै पनि म सबैसँग टाढा नै रहन्छु।’

बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: May 12, 2020| 08:14 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।