शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमण र मृत्यु दुवैमा युरोप–अमेरिका अगाडि

विश्वव्यापी महामारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

विश्वव्यापी महामारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ।

National life

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार यो भाइरसबाट ४१ लाखभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये करिब १५ लाख भने निको भएका छन्। यद्यपि, संक्रमणमुक्त भएपछि पनि पुनः संक्रमण हुने सम्भावना रहने विश्व स्वास्थ्य संगठनले बताइरहेको छ।

कोरोनाको सबैभन्दा बढी चपेटामा युरोपियन मुलुक र अमेरिका छन् अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन्।

अमेरिकामा हालसम्म ८१ हजार ७९५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। बेलायतमा ३२ हजार ६५, इटालीमा ३० हजार ७३९ जनाको मृत्यु भएको तथ्यांक छ।

स्पेनमा २६ हजार ७४४ र फ्रान्समा २६ हजार ६४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Laxmi sunrise bank
kumari

संक्रमितको संख्याको तथ्यांकका आधारमा भने क्रमशः अमेरिका, स्पेन, बेलायत, रसिया, इटली र फ्रान्स छन्। अमेरिकामा हालसम्म १३ लाख ८५ हजार ८३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्पेनमा २ लाख ६८ हजार १४३ जनामा, बेलायतमा २ लाख २३ हजार ६०, रसियामा २ लाख २१ हजार ३४४, इटालीमा २ लाख १९ हजार ८१४ र फ्रान्समा १ लाख ७७ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: May 12, 2020| 07:39 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।