शनिबार, फागुन ३०, २०८२

‘अफ्रिकामा ४ करोड मानिस कोरोनाबाट संक्रमित हुन सक्छन्’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकामा कोरोना भाइरसबाट ४ करोड मानिस संक्रमित हुन सक्ने चेतावनी दिएको छ। संक्रमण तत्काल नियन्त्रण गर्न नसक्ने स्थिति भयावह हुन सक्ने चेतावनी डब्लुएचओले दिएको हो।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकामा कोरोना भाइरसबाट ४ करोड मानिस संक्रमित हुन सक्ने चेतावनी दिएको छ। संक्रमण तत्काल नियन्त्रण गर्न नसक्ने स्थिति भयावह हुन सक्ने चेतावनी डब्लुएचओले दिएको हो।

National life

हालैमात्र डब्लुएचओले कोरोना भाइरसका कारण अफ्रिकामा झन्डै दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो।

बेलैमा रोकथामका उपाय नअपाउने हो भने कोरोना भाइरस महामारीको पहिलो वर्षमै अफ्रिकामा १ लाख ९० हजारको मृत्यु हुन सक्ने डब्ल्यूएचओको एक अध्ययनले देखाएको बीबीसीले जनाएको छ।

यो अनुमान अफ्रिकाका ४७ देशमा यही मार्चमा गरिएको अध्ययनका आधारमा गरिएको हो। अल्जेरिया, दक्षिण अफ्रिका तथा क्यामरुनमा रोकथामका उपायमा ध्यान नदिइएको खण्डमा भयावह स्थिति आउन सक्ने चेतावनी डब्लुएचओले दिएको छ।

ठूलो संख्यामा मानिसहरु अस्पताल पुगेको खण्डमा आउने दिनमा स्वास्थ्य सेवा चुनौतीपूर्ण हुने उसले बताएको छ।

Laxmi sunrise bank
kumari

डब्ल्यूएचओले अस्पतालले आफ्नो क्षमता बढाउनुपर्नेमा पनि जोड दिएको छ। अफ्रिकी क्षेत्रमा प्रति दस लाख जनसंख्या बराबर जम्मा ९ वटा आईसीयू बेड उपलब्ध छ।

अफ्रिका क्षेत्रका लागि डब्लुएचओका निर्देशक डा। मेत्सिडिसोले भनेका छन्, ‘जबसम्म सरकारले सक्रियता देखाएर नियन्त्रण र रोकथामका प्रयास सुरु गर्दैनन्, तबसम्म अफ्रिकाबासीको जीवन खतरामै रहन्छ। टेस्ट, ट्रेस र आइसोलेसन जरुरी छ।’

प्रकाशित: May 11, 2020| 07:55 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।