शनिबार, भदौ ६, २०८३

नेपाली भूमि रक्षा गर : साहित्यकार

विभिन्न साहित्यिक संस्थाले नेपाली भूमिमाथि भारतद्वारा गरिएका हस्तक्षेपको भत्र्सना गर्दै सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडाैं- विभिन्न साहित्यिक संस्थाले नेपाली भूमिमाथि भारतद्वारा गरिएका हस्तक्षेपको भत्र्सना गर्दै सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन्। साहित्यिक संस्थाहरुले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ।

विज्ञप्तिमा सन् २०१५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खस्याङले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेकााे बेला नै नेपालले  त्यसविरुद्धमा विश्व जनसमुदायमा आफ्नो प्रस्ट अडान राख्न नसकेको उल्लेख छ।

'नेपाल जमीन कब्जा गरेर भारतीय पक्षद्वारा निर्माण गरिएको सडक त्यसैको परिणाम थियो, सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो', विज्ञप्तिमा भनिएको छ, 'महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा–लिपुलेक–कालापानी सम्मको ३७२ वर्ग किमि भूभाग नेपालको हो, हिजो मात्र भारतीय विदेश मन्त्रालयले त्यो भूमि आफ्नै हो भनेर निर्लज्जतापूर्वक आफ्नो दाबी पुनः प्रस्तुत गरेको छ।'

विश्व कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएको र नेपाल–भारत दुवै देशमा लकडाउन रहेको मौका छोपी भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको पश्चिमोत्तर सीमाको नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० किमिको पक्की धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेको खबर सम्प्रेषण गरेकोप्रति साहित्यिक संस्थाले आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'त्यसका विरुद्ध आफ्नो भूभागको आधिकारिक नक्सासमेत प्रकाशन गर्न नसक्ने नेपाल सरकारले वर्षौं लगाएर आफ्नो भूमिमा विदेशीले ८० किमि पक्की सडक निर्माण गरिसक्दा थाहा नपाउनु र उक्त सडक उद्घाटन गरिसक्दा पनि बुझ्दैछौँ भन्ने जस्ता अन्तर्वार्ता दिने कार्य गर्नुले सरकारी संयन्त्र र सरकारको हैसियत आम जनतामाझ प्रस्ट भएको छ।' –रासस

प्रकाशित: May 10, 2020| 21:58 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।