मंगलबार, असार २३, २०८३

बंगलादेशविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाली महिला टिम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पाँच आइतबार बजेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पाँच आइतबार बजेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बंगलादेशी महिला फुटबल टिमसँग आज नेपालले दोस्रो खेल खेल्न लागेको हो।

भदौ २४ गते दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपाली टिमले बंगलादेशलाई २–१ गोलले हराएको थियो। अहिलेसम्म नेपालले बंगलादेशसँग ७ खेल खेलेको छ। तीमध्ये कुनै पनि खेलमा बंगलादेशले नेपालमाथि जित निकाल्न सकेको छैन।

त्यसमाथि गएको बिहीबार भएको खेलमा बंगलादेशले नेपाली पोस्टमा प्रहार गरेको दोस्रो गोल थियो।

यता बिहिबार मात्र नेपालका लागि डेब्यू गरेका सबिता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।

खेलको १४ औं मिनेटमा सबिताले गोल गरेकी थिइन् भने २३ औं मिनेटमा प्रितीले गोल गरिन्। त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएकी थिइन्। 

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। एसियाली कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

आज पनि जितको लक्ष्यका साथ नेपाली टिम मैदानमा उत्रने छ भने बंगलोदेशी टिम पनि नेपाली टिमलाई टक्कर दिने उद्देश्यले मैदानमा प्रवेश गर्नेछ।

नेपाली खेलाडी

निता बस्नेत, अनिता केसी, विमला बीके, विमला चौधरी, अमृता जैसी,  दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ योन्जन, निशा ठोकर, प्रीति राई, पूजा राना, पुनम मगर, रजनी थोकर, रश्मि घिसिङ, रेणुका नगरकोटे, सविता राना, सारु लिम्बू, सृजना सिंह

गोलकिपरः अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

प्रकाशित: Sep 12, 2021| 10:45 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।