मंगलबार, असार २३, २०८३

फुटबल यू–२३ को टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी

यू २३ को लागि नेपाली प्रशिक्षक बोलगोपाल महर्जनले ४८ खेलाडीलाई बोलाएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– यू २३ को लागि नेपाली प्रशिक्षक बोलगोपाल महर्जनले ४८ खेलाडीलाई बोलाएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना जारी गर्दै ४९ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणका लागि बोलाएको जानकारी दिएको हो। यू २३ को एसियक कप छनोट खेलका लागि उनले उक्त संख्यामा खेलाडी बोलाएका हुन्। छनोट खेल आगामि अक्टोबर २५ देखि ३१ सम्म ताजकिस्तानमा हुँदैछ।

बोलाइएका मध्ये सात खेलाडी अहिले सिनियर टिममा छन्। अब उनीहरु साफ च्याम्पियन सकिएपछि टिमको प्रशिक्षणमा सहभागी बन्नेछन्। अहिले नेपाली सिनियर टिमको साफ च्याम्पियनसिपको तयारीका लागि कतारको दोहा पुगेको छ।यता छनोटमा नेपालले अब इरान, लेबना र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। जसको बन्द्र प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने एन्फाले जनाएको छ।

एन्फाले बोलाएको टिममा गोलकिपर अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होना, अंजल श्रेष्ठ, सूर्य अधिकारी, बिष्णु केसी, आकाश रानाभाट, रोहित कार्की डिफेन्डरस् सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रणदीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हमिद, योगेश गुरुङ, रोशन डोङ, सोनित दाहाल

मिडफिल्डरस् नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलन, सेसेहाहाङ आंगडेम्बे, जय गुरुङ, अशोक थापा मगर, दिपेश गुरुङ, अनिल महर्जन, राजीव लोपचन, शिशिर लेखी, रमेश बर्तौला, आकाश बुडामगर, निरंजन महर्जन, दिपेश अले मगर, रजत तिवारी, रोशन राणा मगर, अरिक विष्ट रहेका छन्। अगाडिस् मनीष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेमजन, रेजिन सुब्बा, बुद्ध बाल तामाङ, कैलाश लामिछाने रहेका छन्। 

प्रकाशित: Sep 12, 2021| 10:40 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।