शनिबार, फागुन ३०, २०८२

दिल्लीमा भूकम्प, एक महिनाभित्र तीन पटक धक्का

भारतको राजधानी दिल्लीमा आइतबार दिउँसो २ बजे भूकम्पको धक्का महशुस भएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- भारतको राजधानी दिल्लीमा आइतबार दिउँसो २ बजे भूकम्पको धक्का महशुस भएको छ।

National life

दिल्लीमा एक महिनाको बीचमा तेस्रो पटक भूकम्पको धक्का महशुस गरिएको हो। साढे १ महिनादेखि लकडाउनमा रहेका दिल्लीवासीहरु पटकपटकको भूकम्पको धक्काले त्रसित बनेका छन्।

आइतबार दिउँसो ३.५ म्याग्नीच्युडको भूकम्प गएको जनाइएको छ।

पूर्वी दिल्लीमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्काले धेरै मानिसहरु घर बाहिर निस्किएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

५ किलोमिटरको गहिराईमा केन्द्रविन्दु रहेका कारण सानो स्केलको भूकम्प भए पनि ठूलो धक्का महशुस गरिएको जनाइएको छ।

Laxmi sunrise bank
kumari

यसअघि १२ र १३ अप्रिलमा पनि भूकम्पको धक्का महशुस गरिएको थियो।

१२ अप्रिलमा गएको भूकम्पको केन्द्र विन्दु जमिनबाट ८ किलोमिटर गहिराईमा थियो।

 

१३ अप्रिलमा गएको भूकम्पको केन्द्र भने ५ किलोमिटर गहिराईमै रहेको थियो।
आइतबार भूकम्पलगतै दिल्लीमा हावाहुरी चलेको थियो।

प्रकाशित: May 10, 2020| 15:34 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।