शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होटल सुरक्षा निर्देशिका : एउटा पाहुना पठाएको ४८ घन्टापछि मात्रै अर्कोलाई बसाउन पाउने

होटल सुरक्षा निर्देशिका : एउटा पाहुना पठाएको ४८ घन्टापछि मात्रै अर्कोलाई बसाउन पाउने

लकडाउनु खुलेपछि सञ्चालनमा आउने होटलमा बस्ने ग्राहकको सुरक्षाको साथै कोभिड–१९ को संक्रमण नियन्त्रण र जोखिम कम गर्न निर्देशिका ल्याइएको बोर्डले जनाएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं– नेपाल पर्यटन बोर्डले होटलका लागि सुरक्षा निर्देशिका बनाएको छ।

लकडाउनु खुलेपछि सञ्चालनमा आउने होटलमा बस्ने ग्राहकको सुरक्षाको साथै कोभिड–१९ को संक्रमण नियन्त्रण र जोखिम कम गर्न निर्देशिका ल्याइएको बोर्डले जनाएको छ।

निर्देशिका अनुसार एउटा पाहुनालाई पठाएपछि (चेक आउट गरेपछि) होटलको कोठा कम्तिमा ४८ घण्टा खाली राख्नुपर्नेछ। अर्थात् एउटा पाहुना गइसकेपछि सोही कोठामा अर्को पाहुना ४८ घण्टापछि मात्रै राख्न पाइने छ।

त्यस्तै हेल्थ क्लब, व्यायम कक्ष र अन्य सामूहिक रूपमा प्रयोग हुने कक्षहरू सञ्चालन गर्न पाइने छैन।

त्यसैगरी, होटलका हरेक कर्मचारीले पन्जा र मास्क अनिवार्य लाउनुपर्नेछ।

ग्राहकले पनि होटल प्रवेश गर्दा साबुन पानीले हात धुने, ज्वरो जाँच गराउने र मास्कको प्रयोग गर्नुपर्नेछ।

निर्देशिकाले सकभर प्रत्येक कोठामा डिजिटल ताल्चाको व्यवस्था गर्न र डिजिटल पेमेन्टमार्फत् कारोबार गर्न पनि आग्रह गरेको छ।

 

 

प्रकाशित: May 10, 2020| 15:05 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्