मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • १८ वर्षे एम्माले ४४ वर्षपछि दिलाइन् ब्रिटेनलाई ग्राण्डस्लम उपाधि

१८ वर्षे एम्माले ४४ वर्षपछि दिलाइन् ब्रिटेनलाई ग्राण्डस्लम उपाधि

१८ वर्षे ब्रिटिस किशोरी एम्मा राडुकानूले इंग्ल्यान्ड ४४ वर्षे प्रतिक्षालाई तोड्दै ग्राण्डस्लको उपाधि जितेकी छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– १८ वर्षे ब्रिटिस किशोरी एम्मा राडुकानूले इंग्ल्यान्ड ४४ वर्षे प्रतिक्षालाई तोड्दै ग्राण्डस्लको उपाधि जितेकी छन्। महिलातर्फको खेलमा उनले इंग्ल्यान्डको ४४ वर्षे खडेरी तोड्दे शनिबार राति यूएस ओपको उपाधि जितेकी हुन्।

उनले फाइनल खेलमा क्यानडियन किशोरी लेला फर्नान्डेसलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्। न्युयोर्कमा भएको खेलको पहिलो सेटमा ६–४ को जित निकालेकी एम्मले दोस्रो सेटमा ६–३ को जित निकालेकी थिइन्।यससँगै एम्मा सन् १९७७ पछि ग्राण्डस्लम जित्ने पहिलो ब्रिटिस खेलडी बनेकी छन्। ४४ वर्षअघि भर्जिनियाँ वाडेले ब्रिटेनका लागि विम्बल्डने जितेकी एम्मा जित उत्सव मनाउन मैदान पुगकी थिइन्।

‘भर्जिनिया र टिम हेमन हुन मेरो लागि निकै ठूलो कुरा हो,’ उनले खेलपछि भनिन्, ‘उनीहरु मेरो ब्रिटिस टेनिस आइकन हुन्। उनीहरुको पाइला पछ्याएर म यहाँ आइपुगेकी हुँ।’ उनी २००४ यताको सबैभन्दा कम उमेरमा ग्राण्डस्लम जित्ने खेलाडी पनि हुन्। त्यतिबेला मारिया सरापोवाले सबैभन्दा कम उमेरमा उपाधि जितेकी थिइन्। त्यस्तै उनी ओपन युगमा उपाधि जित्ने पहिलो क्वालिफायर खेलाडी पनि हुन्।


यो जितसँगै उनले २।५ मिलियन डलर पुरस्कार पाएकी छन्। अब उनी विश्व वरियतामा पनि २३ औं स्थानमा पुगेकी छन्। अब सोमबार उनी ब्रिटिस नम्बर वान खेलाडी बन्दैछिन्। ‘मैले तिमीलाई धन्यवादका शब्दहरु पठाएको छु,’ बेलायती महारानी एलिजाबेथले इम्मालाई दिएको शुभकामनामा लेखिएको छ, ‘युवा अवस्थामै जितेको यो निकै महत्वपूर्ण उपाधि हो। र यो कडा मेहेनत र समर्पणको फल पनि हो।’

त्यस्तै, यूकेका प्रधानमत्री बोसिज जोन्सनले ट्वीटमा लेखेका छन्, ‘धेरै रोमाञ्चक खेल। एम्मालाई धेरै बधाई। तपाईंले असामान्य कौशल पदर्शन गर्नुभएको छ। हामी सबै गौरवान्वित भएका छौं।’ ‘केही पागलपन, धेरै शान्ति र दिमाग घुमाउने खुसीका साथ म फाइनलमा पुगेँ,’ एम्माले सेमिफाइनलमा जित निकालेपछि आफ्नो यात्राबारे भनेकी थिइन।

इम्माले सेमिफाइनलमा २६ वर्षे मारिया सक्करीलाई २–० को सोझो सेटमै हराइन्। यो संस्करणमा निकै तहल्का मच्चाएर सेमिफाइनल पुगेकी मारियाले भने क्वार्टरफाइनलको खेलमा सर्भिसबाटै २२ अंक जोडेकी थिइन्।यता एम्माले सेमिफाइनलमा सक्करीलाई ६–१ र ६–४ को सेटमा हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। सेमिफाइनल मात्र होइन किशोरी इम्माको त्यसअघिका भिडन्त पनि कमजोर थिएन। उनले सेमिफाइनलमा १७ औं वरियताकी सक्करीलाई हराउनु पूर्व क्वार्टरफाइनलमा बेलिन्डा बेनिचमाथि ६–३ र ६–४ को सहज जित निकालेकी थिइन्।



उनले अन्तिम १६ मा अमेरिकी ४० औं वरियताकी शेल्बी रोजर्सलाई हराएकी थिइन्। उता उनकी प्रतिद्वन्दीको फाइनल यात्रा अझै चुनौतिपूर्ण थियो। क्यानडेली लेलाले दोस्रो वरियताकी आर्यन सबलेन्कालाई सेमिफाइनलमा २–१ सेटमा हराइन्। पहिलो सेटमा ७–६ (७–३)को जित निकालेकी लेलाले दोस्रो सेटमा ४–६ को हार बेहोरेकी थिइन्।

त्यस्तै, अन्तिम सेटमा ६–४ को जित निकालिन्। गएको सोमबार मात्र १९ वर्ष पुगेकी लेलाले कुनै समय विश्व नम्बर ३ सम्म पुगेकी एलिना स्विटोलिनालाई क्वार्टरफाइनलमा हराएकी थिइन्। स्विटोलिना अहिले पाँचौं वरियतामा छिन्।

लेलाले अन्तिम १६ मा एन्जिलिक केर्बेरलाई पनि हराएकी थिइन्। एन्जिलिक पूर्व विश्व नम्बर वान खेलाडी हुन्। त्यसअघि, तेस्रो चरणमा त लेलाले जापानी स्टार नोओमी ओसाकालाई नै हराइन्।ओसाका यूएस ओपनको साविक विजेता हुन् भने विश्व महिला टिनिस वरियताको शीर्षस्थानमा छिन्।

प्रकाशित: Sep 12, 2021| 10:10 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।