शनिबार, भदौ ६, २०८३

लकडाउनले झनै थलियो नेवानि, खर्चै धान्न धौधौ

गएको ११ चैतदेखि मुलुकमा बन्दाबन्दी (लकडाउन) छ। लकडाउनका कारण मुलुक ठप्प भएको ४५ दिन पूरा भइसकेको छ र १० दिनका लागि लकडाउन थप गरिएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

गएको ११ चैतदेखि मुलुकमा बन्दाबन्दी (लकडाउन) छ। लकडाउनका कारण मुलुक ठप्प भएको ४५ दिन पूरा भइसकेको छ र १० दिनका लागि लकडाउन थप गरिएको छ।

चैत ११ देखि लकडाउन सुरु भए पनि हवाई उडान भने ९ गतेदेखि बन्द गरिएको थियो। त्यसै पनि घाटामा चलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) लकडाउनका कारण झनै मारमा परेको छ। नियमित उडान नहुँदा नेवानिलाई खर्च व्यवस्थापन गर्ने चुनौती थपिएको छ।

नियमित उडान बन्द भए पनि निगमले यसबीचमा केही चार्टर्ड उडान भने गरेको छ। लकडाउन सुरु भएयता १० वटा अन्तर्राष्ट्रिय र ११ वटा आन्तरिक उडान भएको निगमले जनाएको छ। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड बडीसहित चार विमान छन्।

निगमले लकडाउनकै अवधिमा अस्ट्रेलियाको ब्रिसबेन, सिड्नी, चीनको ग्वान्जावो, जापान, बाङ्लादेश, नयाँ दिल्लीलगायत सहरमा उडान गरेको छ। १२ मेमा दक्षिण कोरियाको चार्टर्ड उडानको लागि पनि सम्झौताको तयारी भइरहेको छ।

प्रवक्ता अर्चना खड्का फागुनको मध्यतिरबाट व्यवसाय गुम्दै गएको बताउँछिन्। उनी भन्छिन्, “फागुनदेखि असारसम्म मात्रै करिब ६ अर्ब ३४ करोड नाफा गुम्ने अनुमान छ।” उनका अनुसार निगमले प्रशासनिक खर्च कटौतीको तयारी गरेको छ।

नियमितभन्दा चार्टर्ड उडानको भाडा महँगो पर्छ। तर, कोभिड–१९ प्रभावले नियमित उडान बन्द भएपछि निगमको आर्थिक अवस्था धर्मराउन थालेको छ। अहिलेको अवस्थासँगै निगमको घाटा ४० अर्ब नाघेको छ।

प्रकाशित: May 10, 2020| 09:27 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्