मंगलबार, साउन १२, २०८३

स्विट्जरल्यान्डमा सित्तैंमा खाना खानेको लामो लाइन

विश्वका धनी देशहरुको सूचीमा पर्छ, स्विट्जरल्यान्ड। त्यहाँ गरिबी छ र मानिसहरुलाई खान–लाउनको दुःख छ भनेर कल्पना पनि गर्न सकिँदैन।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

विश्वका धनी देशहरुको सूचीमा पर्छ, स्विट्जरल्यान्ड। त्यहाँ गरिबी छ र मानिसहरुलाई खान–लाउनको दुःख छ भनेर कल्पना पनि गर्न सकिँदैन।

तर, शनिबार सार्वजनिक एक तस्बिरले तपाईंलाई चकित बनाउँछ।

एक तस्बिरमा मानिसहरु लामो लाइनमा लागेको देखिन्छ। ती मानिसहरु निःशुल्क खानाका लागि लाइनमा लागेका हुन्। शनिबार स्विट्जरल्यान्डको जेनेभा सहरमा सितैंमा खानका लागि करिब एक हजार मानिस लाइन लागेका थिए।

उक्त लाइनमा स्विट्जरल्याण्डकै गरिब कामदार तथा बिना कागजातका प्रवासी थिए। लाइन एक किलोमिटरभन्दा लामो थियो। स्वयंसेवीहरुले करिब १५ सय खानाका प्याकेट बाँडेका थिए।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘महिनाको अन्त्यमा मानिसहरुको पकेट खाली हुन पुग्यो। सबै पैसा इन्स्योरेन्सको प्रिमियम र अन्य बिल तिर्दैमा सकियो। त्यस्ता मानिसहरुका लागि ठूलो राहत मिलेको छ।’

करिब ८६ लाखमात्र जनसंख्या भएको स्विट्जरल्याण्डमा सन् २०१८ को तथ्यांकअनुसार ६ लाख ६० हजार गरिब थिए।-बीबीसी

 

प्रकाशित: May 10, 2020| 07:36 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।